तिलोत्तमा कुटपिटबाट एक जनाको मृत्यु

तिलोत्तमा कुटपिटबाट एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा  कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको  वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कुटपिटमा तीन जना घाइते  भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेलाई उपचारको भैरहवा  लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।