अछाममा चट्याङ पर्दा दुई पशुचौपाया मरे

अछाममा चट्याङ पर्दा  दुई पशुचौपाया मरे

अछाम । अछाममा चट्याङ परेर दुई पशुचौपाया मरेका छन्।

जिल्लाको रामारोसन गाउँपालिका–२ मा चट्याङ परेर दुई पशुचौपाया मरेका हुन्। चट्याङ पर्दा गोठभित्र रहेका पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको छ। चट्याङबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।