बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पविरुद्ध ५–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले १र१ गोल गरे ।

जितसँगै समूह ‘एच’ मा रहेको बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवेर्प चौथो स्थानमा रहेको छ ।