एनआरएनएको महाधिबेशन एकलौटी रुपमा गर्न खोजिएको आरोप

एनआरएनएको महाधिबेशन एकलौटी रुपमा गर्न खोजिएको आरोप

धनगढी । गैर आवासीय नेपाली संघ (शेष घले समूह) ले गैर आवासीय नेपाली संघको मुद्दा अदालतमा बिचाराधीन रहेको अवस्थामा एकलौटी रुपमा गर्न लागिएको महाधिबेशन रोक्न सरकारसंग आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ (शेष घले समूह) ले न्यूयोर्कमा परराष्ट्र मन्त्री एनपी साँउदलाई ज्ञापन पत्र बुझाउदै महाधिबेशन रोक्न आग्रह गरेको हो ।

समूहका तर्फबाट सल्लाहकार पासाङ लामा, आईसीसी सदस्य भक्त बहादुर भण्डारीले परराष्ट्र मन्त्री साँउदलाई बुझाएको ज्ञापन पत्रमा महाधिबेशन गर्न लागेको समूह नक्कली र आफ्नो समूह सक्कली गैर आवासीय नेपाली संघ रहेको दावी गरेको  छ ।

हामी सहमतिका बाधक होइनौँ। हामी साझा, सर्वस्वीकार्य र वैधानिक गैर-आवासीय नेपाली संघका पक्षमा थियौँ, छौँ र रहनेछौँ, ज्ञापन पत्रमा भनिएको छ, जहाँ सबै अट्न सकुन्। तसर्थ बितेका लामो समयदेखि एनआरएनएभित्र कायम विवादका हकमा पनि सरकारको तटस्थ एवं न्यायोचित व्यवहार र निर्णयको अपेक्षा गर्दै  हाम्रा मागहरू सम्बोधनका लागि यसै ज्ञापनपत्र मार्फत अनुरोध गर्दछौं ।

गैर आवासीय नेपाली संघका नामबाट भईरहेको महाधिबेशन रोक्न सरकारसंग आग्रह गरेको छ । शेष घले समूहले  यदि महाधिवेशन नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।