लेखक बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

लेखक बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

काठमाडौं । लेखक भेषराज बुढाथोकीको अडियो बुक (ईबुक)  ‘छुटेपछि’ सार्वजनिक भएको छ।

बुढाथोकीले असोज ३ गते पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्। बुढाथोकीका अनुसार छुटेपछिभित्र केही कथा र केही संस्मरण सङ्ग्रहित रहेको बताइएको छ।

अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ। 

हाल एमविविएस अध्ययनका क्रममा बंगलादेशमा रहेका बुढाथोकीका कथामा बंगलादेश र नेपालका भोगाइ समेटिएको छ। बुढाथोकीका शब्दलाई अञ्जु (रेडियो भित्रकी केटी) ले वाचनमा गरेकी छन्।

प्रि–बुकमै राम्रो बिक्री भएको उक्त बुक आज सार्वजनिक भएपछि झनै राम्रो माग भएको लेखक बुढाथोकीले जानकारी दिएका छन्। सार्वजनिक भएपछि पनि धमाधम बिक्री भइरहेको उनले बताए। 

भेषराज बुढाथोकी बाजुराको खप्तड छेडेदह गाँउपालिका–५ डोगडीका हुन्।