बैतडी । बैतडीका दुई पालिकामा अझै नयाँ हाकिम पुगेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहाँका पाँच स्थानीयतहमा हाकिम खटाएको थियो ।
जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नयाँ हाकिम खटाएको थियो । पाँच स्थानीयतह मध्ये सिगास, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा हाकिम हाजिर भएपनि पञ्चेश्वर गाउँपालिका र डिलाशैनीमा अझै आइपुगेका छैनन् ।
सिगास गाउँपालिकाका हाकिम कृष्ण प्रशाद घिमिरे, शिवनाथमा सुशिल कुमार साह, दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारु हाजिर भैसकेका छन् भने पञ्चेश्वर गाउँपालिकामा खटाएका उज्जल आनन्द र डिलासैनीमा रंजय पटेल अझै हाजिर नभएका जनप्रतिनिधिहरुले बताए ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएपछि अहिले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाईरहेका हुन् ।
यस्तै, जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम चलाइरहेका हुन् । हाकिम नहुँदा कामकाजमा समस्या जनप्रतिनिधिहरुले बताएका छन् ।