सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ ।

वार्ता गृह मन्त्रालयमा सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो ।

वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे संशोधनको माग राख्दै आएका छन् । बिहीबार पनि शिक्षकहरु र सरकारबीच दुई चरणमा वार्ता भएकमो थियो । तर विना निष्कर्ष टुंगिएको थियो । दुबै पक्षबीच आज बिहान वार्ता हुने भनिएकोमा आन्तरिक छलफल गर्ने भनेर समय सारिएको थियो ।