तालमा डुबेर एकजनाको मृत्यु

तालमा डुबेर एकजनाको मृत्यु

चितवन ।  चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए ।  बेपत्ता भएका तिमिल्सिनाको शव साँझ भेटिएको थियो।