अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पञ्चेश्वरकी शिक्षा विजयी

अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा पञ्चेश्वरकी शिक्षा विजयी

बैतडी । चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीको पञ्चेश्वरकी शिक्षा चन्द प्रथम भएकी छिन्। 

काठमाण्डौँमा आज सम्पन्न भएको चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ की चन्दले प्रथम स्थान हांसिल गरेकी हुन्।

शिक्षाले स्वर्ण पदक जित्नु गौरवको बिषय भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको भनाई छ।