धनगढी उपमहानगरले एक सय ९० जना ज्येष्ठ नागरिकलाई पठायो मुक्तिनाथ तीर्थयात्रामा

धनगढी उपमहानगरले  एक सय ९० जना  ज्येष्ठ नागरिकलाई पठायो मुक्तिनाथ तीर्थयात्रामा

धनगढी । धनगढी उपमहानगरपालिकाले नगरभित्रका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ । नगरका १९ वटै वडाका ज्येष्ठ नागरिकलाई उपमहानगरपालिकाले आइतबार  मुक्तिनाथ तीर्थयात्रामा पठाएको हो ।

नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना लगायत जनप्रतिनिधिले टीका र खादा लगाएर ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि बिदाइ गरेका हुन् ।
नगरप्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै तीर्थयात्रामा पठाएको बताए । उनले भने ‘उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश छ।,’
ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरूलाई तीर्थयात्रामा पठाइएको उनले बताए ।

No description available.

प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागबेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्य धामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए । उनले वृद्ध वृद्धाको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताए ।

No description available.

यो वर्ष पाँच वटा एसी बसमा तीर्थारुहरूलाई मुक्तिनाथ तीर्थयात्रामा पठाइएको छ । एक साताका लागि मुक्तिनाथ यात्रामा पठाइएको नगर प्रमुख हमालले बताए । उपमहानगरपालिकाले निःशुल्क रूपमा तीर्थयात्रामा पठाएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन्। उपमहानगरपालिकाले यस अघि एक सय २२ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।

No description available.