मन्त्रालयको सचिव हुँ भन्दै ठगी गर्ने अम्मरराज सेजुवाल पक्राउ

मन्त्रालयको सचिव हुँ भन्दै ठगी गर्ने अम्मरराज सेजुवाल पक्राउ

धनगढी  ।  सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

विभिन्न मन्लायको सचिव तथा मन्त्रीको स्वकीय सचिव तथा  कार्यालय प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

कालीकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ खजुराका २९ वर्षीय सेजुवाललाई ठगीको आरोपमा पक्राउ गरिएको कैलालीका डीएसपी कुलदिप चन्दले बताए ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर उनले ठगी गर्दै आएको उजुरी परेको थियो ।  
सेजुवालले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने भएको हुँदा आफूसँग भएको आधार प्रमाण सहित जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिन डिएसपी चन्दले बताए ।