जबरजस्ती करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

जबरजस्ती करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

बझाङ । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।  छबिसपाथिभेरा गाउँपालिका बस्ने एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो। 

जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।