बझाङमा हत्या गरी फरार भएका बिजुली पक्राउ

बझाङमा हत्या गरी फरार भएका बिजुली पक्राउ

धनगढी ।  बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरी फरार भएका एक जना पक्राउ परेका छन् ।

शुक्रबार हत्या गरि फरार भएका ५५ बर्षिय बिजुली मण्डेललाई सोमबार पक्राउ गरिएको हो।  आज बिहान मण्डेललाई घट्टे गाउँमा लक्षिमन मण्डेलको घरमा गएका  बेला  स्थानीयले घेरा हाली प्रहरीलाई खबर गरेका थिए । मदिरा पिएपछि विवादा हुँदा उनले धारीलो हतियार प्रयोग गरी जैलुको हत्या गरेका थिए ।

उनलाई  नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए ।  शुक्रबार साँझ सोढे सात बजे हत्या गरि फरार भएका आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि खोजीमा रहेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।