बेलौरीका एक वडाध्यक्ष पक्राउ

बेलौरीका एक वडाध्यक्ष पक्राउ

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो । 

वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए ।