फोक्सो स्वस्थ राख्ने यि ५ खाना

फोक्सो स्वस्थ राख्ने यि ५ खाना

एजेन्सी । फोक्सो शरीरको महत्वपूर्ण अंग हो । यसलाई स्वस्थ राख्न आउनुहोस् जानौं खानपानमा कस्ता चिजलाई समावेश गर्नु पर्दछ भन्नेबारे ।

अहिलेको खराब जीवनशैली र खानपानमा भएको परिवर्तनले फोक्सोलाई कमजोर बनाउँदै लगेको छ । यसबाट बच्न हामीले त्यस्तो खानेकुराहरु खानुपर्छ जसमा भरपूर मात्रामा पोषक तत्व होस् ।

शरीरसँगै फोक्सोलाई स्वस्थ राख्न पोषक तत्वले भरिपूर्ण खानपानलाई अपनाउनुहोस् । हरियो साग तथा तरकारीमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसलाई आफ्नो नियमित खानपानमा समावेश गराउँदा फोक्सो स्वस्थ रहन्छ ।

त्यस्तै चुकन्दर पनि फोक्सोको लागि एकदमै राम्रो मानिन्छ । यसमा पोटाशियम, भिटामिन सी, म्याग्नेसियम समेत कयौं पोषक तत्वहरु पाइन्छन् । यो फोक्सोको लागि एकदमै फाइदाजनक हुन्छ । यसको जुस बनाएर पिउन पनि सकिन्छ ।

त्यस्तै सुन्तला पनि फोक्सोको लागि एकदमै राम्रो फल मानिन्छ । यसमा भिटामिन सी र एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

सुन्तलासँगै स्याउलाई पनि नियमित खानपानमा समावेश गराउनुहोस् । दैनिक एउटा स्याउ खाए डाक्टरलाई भेट्नु पर्दैन भन्ने भनाई छ । यसरी नै दैनिक रुपमा स्याउलाई आफ्नो खानपानमा समावेश गर्दा फोक्सोको स्वास्थ्य पनि राम्रो हुन्छ ।

त्यस्तै फोक्सोलाई स्वस्थ राख्न ओमेगा ३ फ्याटी एसिड भएका खाना पनि खानुपर्दछ । यसले फोक्सोसँगै शरीरक अन्य अंगलाई पनि स्वस्थ बनाउने काम गर्छ ।