सरकार र राहत शिक्षकबिच आज वार्ता हुने

सरकार र राहत शिक्षकबिच आज वार्ता हुने

काठमाडौं । सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो। 

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने भएको हो। राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयका सहसचिव डा। हरि लम्सालले बताए। 

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक संवादमा बस्ने बताए। सरकार वार्तामा बस्न सहमत भएपछि छलफलबाटै राहत र बालविकास शिक्षकका समस्या सम्बोधन हुने अधिकारीले विश्वास व्यक्त गरे। नेपाल शिक्षक महासङ्घले धोका दिएकाले आफूहरू बसेर वार्तामा बसेर सहमति गरिने अधिकारीले बताए । राहत शिक्षक र बालविकास शिक्षकका विषयमा अनेक अफवाह फैलाएको भन्दै राज्यले न्याय गर्नुपर्ने उनले बताए ।