ल्वांगको तेल प्रयोग गर्दा हुन्छन् यस्ता फाइदा

ल्वांगको तेल प्रयोग गर्दा हुन्छन् यस्ता फाइदा

एजेन्सी । ल्वांगको तेलमा ओरल हेल्थ यानिकी मुखको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ । यस तेलले दैनिक गिँजाहरु मसाज गर्नाले मुख तथा स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरु कम हुन्छन् । ल्वांगको तेलले गिँजा मसाज गर्दा कस्तो फाइदा हुन्छन् यसबारेमा जानौं-

ल्वांगको तेलले गिँजा मसाज गर्नु ओरल हेल्थका लागि एकदमै राम्रो मानिन्छ । नियमित रुपमा यो तेलले मसाज गर्दा मुखमा भएका ब्याक्टेरियाहरु मर्दछन् ।

ल्वांगको तेलले सुत्नुअघि गिँजा मसाज गर्दा मुखको माध्यमबाट पेटमा जाने खराब तत्वहरुबाट बच्न सकिन्छ । यसले रातमा कुल्ला तथा मसाज गर्दा शरीर डिटक्सको पनि काम गर्छ ।

त्यस्तै मुखबाट आउने दुर्गन्ध तथा स्वास गन्हाउने समस्याबाट छुट्कारा पाउनका लागि पनि दैनिक रुपमा ल्वांगको तेलले कुल्ला तथा गिँजा मसाज गर्नुहोस् ।

 यदी गिँजा सुन्निने तथा गिँजाबाट रगत आउने समस्या छ भने पनि दिनमा दुईपटक ल्वांगको तेलले गिँजालाई मसाज गर्नुहोस् । यो प्रक्रिया नियमित गर्नुभयो भने छिट्टै तपाईंले नतिजा पाउनुहुनेछ ।

त्यस्तै मुखमा भएका कुनै पनि समस्यामा तपाईं ल्वांगको तेलले कुल्ला गर्न सक्नुहुन्छ । यसले कुनै पनि प्रकारको मुखमा भएका समस्याहरु निको हुन्छ ।