महेन्द्रनगरमा पुनः कर्फ्यु अादेश जारी

महेन्द्रनगरमा पुनः कर्फ्यु अादेश जारी

भीमदत्तनगरः कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कफ्र्यु लगाइएको छ। 

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो। अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थियो। 

अर्को आदेश नभएसम्म कफ्र्र्यु जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए। निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन्। शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो।