अत्तरियाको सेभ हाउसमा सरसफाइ

अत्तरियाको सेभ हाउसमा सरसफाइ

धनगढी । कैलालीको अत्तरीया स्थित सेभ हाउसमा सरसफसफाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएका सशस्त्र प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको महिला तथा बालबालिका सेभ हाउस परिसरमा झाडी सफाइ गरेका छन ।

सशस्त्र प्रहरी सहायक निरिक्षक मनोज बोगटीको नेतृत्वमा खटिएको १९ जना सशस्त्र प्रहरीको टोलीले सेभ हाउस परिसरमा झाडी सफाइ गरेको हो ।

सेभ हाउस परिसरमा झाडी हुँदा सर्प लगायतका जंगली जनावरको डर हुने भएकाले सफाइका लागि आफूहरुले सशस्त्र प्रहरी संग अनुरोध गरेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताएका छिन । उनले साना बालबालिका आश्रय लिएर बस्ने सेभ हाउस परिसरको झाडीका कारण बालबालिका असुरक्षित भएपछि सफाइका लागि सशस्त्र प्रहरीलाई अनुरोध गरिएको बताइन ।

सेभ हाउस राख्नको लागि पदमा अस्पतालले निःशुल्क घर र जग्गा सेभ हाउसलाई उपलब्ध गराएको छ। सेभ हाउसमा हाल २८ जना बालबालिका बस्दै आएका छन ।