सुनको भाउ आज सामान्य घट्यो

सुनको भाउ आज सामान्य घट्यो

काठमाण्डौ । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो ।