सुदूरपश्चिम विश्वविद्यालयको सभा बालुवाटारमा गर्नुपर्ने अवस्था

सुदूरपश्चिम विश्वविद्यालयको सभा बालुवाटारमा गर्नुपर्ने अवस्था

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण सुदूरपश्चिम विश्वविद्यालयको भेला काठमाडौंमा गर्नुपर्ने अवस्था रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयकको सैद्धान्तिक विषयमाथि मन्त्री राईले उक्त कुरा बताएका हुन्।

शिक्षामन्त्री राईले भने, ‘कार्य व्यवस्ताले धेरै अफ्ठ्यारो हुन्छ भन्ने कुरा मेरो चाररपाँच महिनाको अनुभवले पनि भन्छ। प्रधानमन्त्रीज्यूले पनि त्यो अनुभव व्यक्त गर्नुभएको छ। विश्वविद्यालयमा विश्वविद्यालय सभाको बैठक गर्न जान भ्याउनु भएको छैन। सुदूरपश्चिम विश्वविद्यालय सभाको बैठक बालुवाटारमा गर्नुपर्ने अवस्था आएको छ। समय दिन नभ्याएर मधेस प्रदेश विश्वविद्यालयको १५ गते तय भएको सभा असोज अन्तिमतिर गर्नुपर्ने अवस्था आएको छ।’

शिक्षामन्त्री राईले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था रहेको बताउँदै नेपाल विश्वविद्यालयलाई त्यो ढाँचाबाट मुक्त गरिएको बताए। उनले थपे, ‘यसले छुट्टै विश्वविद्यालय परिषद्लाई संरक्षक परिषद् बनाएर विश्वविद्यालयको काम गर्ने, त्यसैले अरु पदाधिकारी छनोट गर्ने र आवश्यक नीतिहरु तर्जुमा गर्ने कुराहरु छ।’