विपिन स्टेशनरी विरूद्ध ठगि उजुरी

विपिन स्टेशनरी विरूद्ध ठगि उजुरी

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित विपिन स्टेसनरीविरूद्ध ठगि मुद्दा दर्ता भएको छ ।

मास्टर लाइसेन्सका लागि फाराम भरेकी मनिसा शाहीले प्रवेश पत्र नपाएपछि सो मुद्दा दर्ता गरेकी हुन् ।

उनले विपिनको लापरबाहीका कारण परिक्षा दिनबाट बञ्चित भएको भन्दै उजुरी दर्ता गराएको बताइन ।

नौ सय ९० रूपैयाँ तिरेर फर्म भरेको बताउदै परिक्षा केन्द्रमा जाँदा नाम नभएको भन्दै परिक्षा दिनबाट बञ्चित भइन् ।

उनले साउन २५ गते विपिनमा फाराम भरेकी थिइन ।

उनका अभिभावक बसन्ती शाहीले विपिनको लापरबाहीका कारण भविष्यमा असर पुगेको बताइन । उनले विपिनले विगतमा पनि यसै गरी लापरबाही गरेको भएपनि व्यक्तिमाथि थुप्रै उजुरी प्रहरीमा दर्ता भएको बताइन । उनले व्यक्तिभन्दा पसलविरूद्ध उजुरी दर्ता गरिएको बताइन । उनले नियमन निकायले पसल सिल गर्नुपर्ने माग गरिन् ।

विपिनका कर्मचारीले उनको भाराम भरेर रकम लिए पनि बुझाएको बारे जानकारी नदिदा प्रवेशपत्र नपाएको जनाएको छ ।