भूकम्प पीडितको सहायतमा लाग्न तरुण दलको आग्रह

भूकम्प पीडितको सहायतमा लाग्न तरुण दलको आग्रह

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भूकम्पबाट प्रभावितहरूको उद्धार र व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

उनले तरुणहरूलाई बुझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका सर्वसाधारणको उद्धारमा जुट्न अनुरोध गरेका छन् ।

उनले भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ गरेका छन् । 

tarun