बझाङमा च्यापिएको अवस्थामा एक महिलाको शव फेला

बझाङमा च्यापिएको अवस्थामा एक महिलाको शव फेला

धनगढी । बझाङमा भूकम्पका कारण पहिरोमा परि बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । छ । टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् ।

भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही  घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।