एसपीएका चार विद्यार्थीले पाए बैंकक र कतारका पाँच तारे होटलमा पेड इन्टर्नसिप

एसपीएका चार विद्यार्थीले पाए बैंकक र कतारका पाँच तारे होटलमा पेड इन्टर्नसिप

धनगढी । एसपीए कलेजमा बीएचएम अध्ययनरत् चार विद्यार्थीहरुले थाइल्याण्डको बैंकक र कतारको दोहाका पाँच तारे होटेलहरुमा पेड इन्टर्नसिपको अवसर पारेका छन् । 

बीएचएम दोस्रो ब्याचका विद्यार्थीहरु दीपक सोडारी र ताराबहादुर थारुले बैंककस्थित मर्कुयर होटल, विनोद चौधरीले द क्वार्टा राउमुर्दी र विवेक शाहीले दोहाको लो रोयर मेरिडेन होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् । 

ती फाइभस्टार होटेलहरुमा विद्यार्थीले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछ । 

यसबाहेक विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।

कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने एसपीएको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गरिदिन लागिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘हामीले एसपीएका विधार्थीलाई ग्लोबल सिटिजन्सको रुपमा अध्ययन अध्यापन गराइरहेका छौं । संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाएकै कारण उहाँहरु विश्वका विभिन्न कुनामा पुग्न सफल हुनुभएको छ । नयाँ इन्टर्नसिपको अवसर पाउँदै सुनौलो भविष्य स्थापना गर्न सफल विध्यार्थीहरुलाईं हार्दिक बधाईं ज्ञापन गर्न चाहान्छु’ उपाध्यायले भने ।

एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले इन्टर्नसिपका लागि छनौट भएका विद्यार्थीलाई बधाई दिँदै विकसित देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

‘विकसित त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँनु भनेको विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ । जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’

त्रिवि अन्तर्गतको बीएचएम अध्ययन हुने एसपीए एकमात्रै कलेज हो । हाल एसपीए कलेजमा नयाँ शैक्षिक शत्रका लागि भर्ना कार्यक्रम चलिरहेको भण्डारीले जनाए । १२ मा जुनसुँकै विषय अध्ययरत् विद्यार्थीहरुले बीएचएम अध्ययन गर्न पाउँछन् ।