लोकप्रिय गायिका दिलमायाको निधन

लोकप्रिय गायिका दिलमायाको निधन

काठमाडौं । लोकप्रिय गायिका दिलमाया खातीको निधन भएको छ। ८४ वर्षीया खातीको गएराति निधन भएको हो। उनलाई लामो समयदेखि दमको समस्या थियो ।

दार्जिलिङमा जन्मिएकी दिलमायाले थुप्रै नेपाली भाषाका गीत गाएकी छन् ।

‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय छन् ।