सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ । केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।