शिखरमा इन्टरनेट सेवा सुचारु

शिखरमा इन्टरनेट सेवा सुचारु

काठमाडौं । डोटीको जिल्लाको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।

सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने मेयर दीर्घ बलायरले बताए । 

लगातार एक वर्षको दौडधुपपछि पालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको मेयर बलायरको  भनाइ  छ । उनका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ ।

नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा एनटी फाइबर विस्तार गर्ने लक्ष्य लिएको बलायरले बताए ।