धनगढी। कैलालीमा साढे ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाट बझाङको बुङ्गल नगरपालिका वडा नम्बर २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी लागुऔषध चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ।
बिहीवार राति उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट ३ किलो ५ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको हो।