धनगढी । धनगढीमा सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहित २ जना घाइते भएका छन् ।
सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिदा प्रहरी जवान अशोक सिंह र मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय सुसान्त बिष्ट घाइते भएका हुन् ।
बिहीबार साँझ धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट प्रहरी जवान सिंह गम्भीर घाइते भएका छन् ।
उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।