सुनको भाउ आज स्थिर

सुनको भाउ आज स्थिर

काठमाण्डौ । सुन चाँदीको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।