गडखेत अप्टिकल फाईवर लाईनमा जोडियो, स्थानिय खुसी

गडखेत अप्टिकल फाईवर लाईनमा जोडियो, स्थानिय खुसी

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गडखेतमा आज शनिवार देखि नेपाल टेलिकमको अप्टिकल फाईवर सँग जोडिएको छ ।

अप्टिकल फाईवरसॅग जोडिएपछी अव इन्टरनेटवाट हुने कामहरु सहज रुपमा हुने स्थानियले वताएका छन । स्थानिय पुर्ण प्रशाद उपाध्यायले भनेगडखेतमा यो भन्दा पहिले डाडाले छेक्दा मोवाईलमा डाटा चलाउन पनि समस्या हुने गरेको थियो, अव फाईवर लाईनमा जोडिएपछी सहज हुन्छ । बझाङ सदरमुकाम चैनपुर देखि ३ किलोमिटर मात्र टाढा रहेको गडखेतमा डाडाले छेकिदा फोर जि नेटवर्कले काम नगर्दा समस्या हुने गरेको थियो । 

गाउमा नेपाल टेलिकमको फाईवर लाईन पुगेपछी सजिलो हुने स्थानियले विश्वास लिएका छन । यस भन्दा अगाडी वडा नम्बर ४ को गोलाई सम्म मात्र तानिएको फाईवर लाईन गडखेत सम्म पनि पुगाउन भन्दै स्थानियले निरन्तर माग गरेपछी नेपाल टेलिकम डडेलधुरा र नेपाल टेलिकम बझाङवाट आएको प्राविधिकको समुहले लाईन विस्तार गरेको नेपाल टेलिकम बझाङका प्रमुख बम बहादुर सिहले वताए ।

लाईन विस्तारका लागि कार्यलय प्रमुख शनिवार विहानै देखि कार्यलय प्रमुख सिह फिल्डमा आफै खटिएका थिए ।