एमाले सुदूरपश्चिम अधिवेशन: आफ्नै प्रदेशमा बोलाइएन रावललाई

एमाले सुदूरपश्चिम अधिवेशन: आफ्नै प्रदेशमा बोलाइएन रावललाई

धनगढी । सुदूरपश्चिम प्रदेश नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता भीम रावलको क्षेत्र हो । तर, एमाले सुदूरपश्चिम प्रदेशको आइतबार हुन लागेको प्रदेश अधिवेशनमा उनलाई बोलाईएको छैन् ।

अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका रावललाई पार्टीले अधिवेशनमा आमन्त्रण नगरेको जनाइएको हो । पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुलेनै पदाधिकारी तथा सदस्य चयन गर्छन् । यसमा कुनै नेताको हष्तक्षेप हुँदैन् । भीम रावल केन्द्रिय नेता हुन । केन्द्रिय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ । प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन् ।’

रावल चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रिय अध्यक्षमा पराजित भएका थिए । त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन् । प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र बाजुरा नेता कर्ण थापालाई आमन्त्रण गरिएपनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए ।

इन्चार्ज विश्वकर्माले भने –‘एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । त्यसमा नेतृत्वका लागि छलफल गरिने छ । समझदारीमै नेतृत्व चयन हुने छ ।’ प्रदेशमा अध्यक्षहित उपाध्यक्ष र सचिव एक/एक र सह–सचिवमा दुई जना रहने छन् ।