सुन चाँदीको भाउ आज सामान्य बढ्यो

सुन चाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ । अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।