सुनको भाउ आज पनि बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज पनि बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ । सुनको भाउ लगातार बढिरहेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।