हात्तीको आक्रमणबाट १४ वर्षीय  बालकको मृत्यु

हात्तीको आक्रमणबाट १४ वर्षीय  बालकको मृत्यु

सर्लाही। सर्लाहीमा घाँस काट्न जङ्गल गएका एक बालकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ । 

जङ्गली हात्तीको आक्रमणबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ घर भई  हाल हरिवन नगरपालिका–७, स्थित फुपुको घरमा बस्दै आएका तोयानाथ दाहालका छोरा १४ वर्षीय शिव दाहालको मृत्यु भएको हो । 

मङ्गलबार बिहान बालकलाई गाउँ नजिकको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वनमा घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् । 

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले हात्तीले कुल्चिएरको अवस्थामा बालकको शव फेला परेको बताए । घाँस काट्दै गर्दा अकस्मात् हात्तीसँग भेट भएपछि बालक उप्किन पाएनन् । 

हात्तीको आक्रमणमा परेर बालकसँगै घाँस काट्न गएका हरिवन नगरपालिका–१०, बस्ने ५१ वर्षीय छविलाल काफ्ले घाइते भएका छन् । उनी उपचारपछि घर फर्किएका छन् ।