भारतको सिक्किम पुगेका ५ नेपाली ६ दिनदेखि बेपत्ता

भारतको सिक्किम पुगेका ५ नेपाली ६ दिनदेखि बेपत्ता

काठमाडौं । कामको सिलसिलामा  भारतको सिक्किम पुगेका ५ नेपाली ६ दिनदेखि बेपत्ता भएका छन् ।

एक साताअघि टिस्टा नदीमा आएको बाढी तथा पहिरोपछि केही नेपाली सम्पर्कविहीन भएका थिए । तीमध्ये अन्य सम्पर्कमा आए पनि ५ जना अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेत छन् ।

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार, उनीहरू अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

यही असोज १६ गते मंगलबार राति सिक्किम राज्यको उत्तरी भेगमा हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा आएको बाढीले धनजनको क्षति भएको थियो । वर्षाका कारण करिब तीन हजार पर्यटक रोकिएका थिए ।