बझाङका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

बझाङका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग

धनगढी । बझाङमा रहेका भूकम्प पीडितलाई राहत सामाग्री सहयोग गरिएको छ । यहि असोज १६ गते जिल्लामा भुुकम्प जाँदा मानविय क्षतिसंगै भौतीक क्षति भएको थियो ।

पीडित परिवारहरुको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ सुदूूरपश्चिम प्रदेश, कैलाली उद्योग बाणिज्य संघबाट संकलित सात लाख बराबरको  सहयोग सामग्री सहयोग गरिएको छ । 

सहयोग सामग्री आज बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कालाई  हस्तान्तरण गरि बझाङ पठाइएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम अध्यक्ष शंकर बागटीकाे पहलमा संकलन गरिएकाे उक्त राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष  मदन राज पन्त र अनिल कुमार भोजनिया त्यसै गरी कार्यकारी निर्देशक ज्योती भट्टको सहभागितामा हस्तान्तरण गरिएको थियो।

सामाग्री यस प्रकार छन् :-
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशबाट 
१.त्रीपाल-१५० थान
२. चामल(२५ के. जिरा) -१६५ बोरा
३.चिउरा ( २५ बोरा)
४. स्वायबिन( ३० बोरा)
कैलाली उद्योग वाणिज्य संघबाट सहयोग:
१.त्रीपाल (१५० थान)