उपसचिवमा कुरा नमिल्दा एमाले अधिवेशन लम्विदैँ

उपसचिवमा कुरा नमिल्दा  एमाले अधिवेशन लम्विदैँ

धनगढी । सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबिच उपसचिव पदमा सहमति नहुँदा अधिवेशन लम्बिँदै गएको छ । 

शनिवारदेखि सुरु भएको अधिवेशन बिहीबार सम्म पनि अधिवेशनले पदाधिकारी तथा नेतृत्व चयन गर्न सकेको छैन ।
उपाध्यक्षमा मनोनयन दर्ता गरेका पाँच जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।

अध्यक्षका उम्मेदवार भरत साउदले आफ्नो पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति भए अध्यक्ष र सचिव पदमा उम्मेदवारी फिर्ता लग्ने सर्त अघि सारेका छन् ।

अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट हुन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने बताए ।

‘मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन उहाँहरूले खोज्नुभएको थियो तर हामीले त्यो विधिसम्मत हुँदैन भनेपछि रोकिनुभयो,’ रावलले भने, मनोनयन गराएकाहरूकै नाममा सहमति खोजौँ भन्ने हो । उपसचिवमा नरबहादुर बिकलाई ल्याउँदा अध्यक्ष पदमा पनि कुरा मिल्छ तर उहाँहरू तयार देखिनुभएको छैन हेरौँ ।’ 

संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् तर दुवै  उपसचिव ९महिला०मा सहमति नबन्दा समस्या देखिएको छ ।
कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ ।

कन्दकला रानालाई उपसचिव बनाउनुपर्ने भन्दै नारदमुनि राना अडानमा छन् । नेताहरूकै आग्रहमा निर्वाचन समितिले भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छैन ।