सुदूरपश्चिम प्रदेश स्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न

सुदूरपश्चिम प्रदेश स्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न

धनगढी । बाल अधिकार चेतना समूहको सुदूरपश्चिम प्रदेश स्तरीय बैठक धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम कार्यालयको आयोजनामा प्रदेश स्तरीय बाल अधिकर चेतना समूहको बैठक बुधबार सम्पन्न भएको हो ।

बाल अधिकारका लागि विद्यालयमा राम्रोसँग पठनपाठन भए नभएको, वातावरण संरक्षणका लागि आफू बसेको ठाउँ तथा विद्यालयको वरिपरि सरसफाइ, समाजमा भएको बालविवाह र बालबालिकाहरू कुलतमा फस्ने भएकाले यस्ता गतिविधिलाई न्यूनीकरण गर्न सामूहिक रूपमा आवाज उठाउनु पर्ने इन्सेक प्रदेश संयोजक खडकराज जोशीले  बताए । उनले सडक नाटक मार्फत पनि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

उनले स्वास्थ्य रहनका लागि वृक्षारोपण तथा वातावरण संरक्षण गर्न र प्लास्टिक जन्य वस्तु जलाएमा मानिसहरूको स्वास्थ्यमा पर्ने नकरात्कम सर बारे आफू सचेत भई अरूलाई पनि सचेत रहन आग्रह गरे ।

बाल अधिकार चेतना समूहकी अध्यक्ष आरती सेठीले इन्सेक र विद्यालयको अतिरिक्त क्रियाकलाप बाहेक आफूले विभिन्न प्रतियोगितामा पुरस्कार पाएको पैसाले विद्यालयमा कोष जम्मा गरी  विद्यालयमा आफै कार्यक्रम सञ्चालन गरी सोही रकमले अन्य विद्यार्थीलाई पुरस्कार वितरण गर्ने गरेको बताइन् ।

बाल अधिकार चेतना समूहको सचिव राघव तिरुवाले बाल अधिकार चेतना समूह गठन भए देखी विद्यालयमा पठनपाठन बाहेक बाल भित्ते पत्रिका प्रकाशनमा नाम प्रकाशन भए पछि विद्यार्थीहरूको प्रतिभाको प्रस्फुटन सँगै सहभागिता बढेको बताए ।

No description available.

विमल लामिछानेले विद्यालयमा बाल अधिकार चेतना समूहले सरसफाइ गरी नगल्ने फोहर व्यवस्थापनका लागि पालिकासँग समन्वय गरिरहेको बताए ।

निशा सञ्ज्यालले बाल अधिकार चेतना समूहले लागूपदार्थ दुव्र्यशनी विरुद्ध सडक नाटक देखाउँदा आफूभन्दा ठुला कक्षाका विद्यार्थीहरूले सहभागी भई सहयोग गरेको बताएकी छन् ।

भावना रानाले बाल अधिकार चेतना समूहले लागूपदार्थ दुव्र्यशनी विरुद्ध सडक नाटक देखाउँदा सडक नाटकको प्रभावले समुदायमा धूम्रपान गर्नेको सङ्ख्यामा केही कमी हुँदै गएको बताइन् ।

 एलिजा चौधरीले विद्यालयमा अतिरिक्त क्रियाकलापको कारण विद्यार्थीहरूको क्षमताको विकास हुँदै गएको र बाल अधिकार चेतना समूहले खाजा खर्चको पैसा जम्मा गरेर विद्यालयमा आफै कार्यक्रम सञ्चालन गर्ने गरेको बताइन् । अनामिका चौधरीले बाल अधिकार चेतना समूहको पहल र शिक्षकहरूको समन्वयमा विद्यालयमा फोहोर व्यवस्थापनका लागि डस्टविन र धारामा साबुन राखिएको बताइन् । 

सुरिस्मा चौधरीले विद्यालयमा बाल अधिकार चेतना समूह गठन हुनपुर्व विद्यालयमा छात्राहरू महिनावारी हुँदा एउटा मात्र सेनेटरीप्याड दिने गरेको भए पनि अहिले बाल अधिकार चेतना समूहको पहलमा अहिले आवश्यकताको आधारमा दिने गरेको बताइन् ।