नेपालकै सस्तो वाईफाइ नेपालको सेवा धनगढीमा बिस्तार

नेपालकै सस्तो वाईफाइ नेपालको सेवा धनगढीमा बिस्तार

धनगढी । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाइ नेपालले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तीब्र गतिमा सेवा बिस्तार गरिरहेको छ । कम्पनीले बजारमा सबैभन्दा सस्तो मुल्यका प्याकेज सहित सेवा दिइरहेको जनाएको छ । दशैं तिहारको उपलक्ष्यमा ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले मौकामा चौका जस्ता आर्कषक बम्फर उपहार समेत ल्याएको जनाएको छ । 

यस बर्षको चाडपर्व अफरमा कम्पनीले ईसेवा र खल्तीबाट रकम भुक्तानी गर्दा २ सय रुपियाँ क्यास ब्याक,हरेक महिना दुई जनालाई स्मार्ट फोन र स्मार्ट वाच र २ महिनाको इन्टरनेट बोनसमा उपलब्ध गराइने जनाएको छ । 

धनगढीमा सेवा दिइरहेका अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीका सेवाहरु व्यापारी, विद्यार्थी,कमजोर आर्थिक अवस्था भएका जनतामैत्री नभएकाले वाईफाइ नेपालले उहाँहरुलाई मध्यनजर गर्दै सस्तोमा राम्रो इन्टरनेट ल्याएको कम्पनीका धनगढी शाखा प्रमुख आशिष सोनीले बताए । उनले भने, व्यापारीले दिउँसो मात्र पसलको इन्टरनेट प्रयोग गर्नुहुन्छ त्यसका लागि धेरै रकम तिरिराख्नुभएको छ । विद्यार्थी जीवनमा आर्थिक समस्या हुन्छन् । कमजोर आर्थिक अवस्था भएका जनताले पनि बजारमा भएका कम्पनीका सेवाहरु प्रयोग गर्न नसक्ने मुुल्यका भएकाले धनगढीका जनताको समस्या र अवस्थालाई मध्यनजर गर्दै कम्पनीले सबैले प्रयोग गर्नसक्ने सबैभन्दा सस्तो मुल्यका प्याकेजसहितको इन्टरनेट सुबिधा ल्याएको छ ।

वाईफाइ नेपाल कम्पनीले सुरुवातमा दुईवटा प्याकेज ल्याएको छ । ५० एमबिपिएस र ८० एमबिपिएस गतिको इन्टरनेट ग्राहकले आवश्यकता अनुुसार ३ महिना,६ महिना र १ बर्षका प्याकेजहरु जडान गरी प्रयोग गर्नसक्ने बताइएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरि कम्पनीले निकट भविष्यमा १५०, २०० एमबिपिएसको इन्टरनेट समेत दिने तयारीमा रहेको बताइएको छ । 

वाईफाइ नेपालको फाइबर इन्टरनेट सेवा नेपालकै सबैभन्दा सस्तो र भरपर्दो भएको कम्पनीका धनगढी प्रमुख सोनीको दाबि छ । ग्राहकलाई वाईफाइ नेपालले प्रति महिना ५० एमबिपिएसको इन्टरनेट मात्र रु ३३३ र ८० एमबिपिएसको मात्र रु ५०० मा उपलब्ध गराइरहेको सोनीले बताए । 

वाईफाइ नेपालको इन्टरनेट ३ महिनाको प्याकेज जडान गर्दा ग्राहकले १५ दिन बोनस पाउनेछन् । भने ६ महिनाको प्याकेज जडान गर्दा १ महिना बोनस र १ बर्षको प्याकेज जडान गर्दा २ महिना बोनस पाउने धनगढी शाखा प्रमुख सोनीको भनाई छ । 

ग्राहकले वाईफाइ नेपालको ५० एमबिपिएसको इन्टरनेट जडान गर्दा लाग्ने शुल्क

ग्राहकले ३ महिनाको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्ज सहित ३,५०० लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा १,२०० मात्र लाग्ने बताइएको छ । त्यसैगरी ६ महिनाको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्ज सहित  ४,०६८ लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा २,३०० लाग्ने छ । भने १ बर्षको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्जसहित ६,२१५ लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा ४,५०० लाग्ने बताइएको छ । 

ग्राहकले वाईफाइ नेपालको ८० एमबिपिएसको इन्टरनेट जडान गर्दा लाग्ने शुल्क

ग्राहकले ३ महिनाको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्ज सहित ४,०६८ लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा १,६०० मात्र लाग्ने बताइएको छ । त्यसैगरी ६ महिनाको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्ज सहित ५,३११ लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा ३,२०० लाग्ने छ । भने १ बर्षको प्याकेज जडान गर्दा सुरुमा राउटर र जडान चार्जसहित ८,४७५ लाग्ने र अर्को पटकबाट रिचार्ज गर्दा ६,००० लाग्ने बताइएको छ । 

नयाँ सेवा सुविधा सहित १ बर्ष पहिले स्थापना  भएको वाईफाइ नेपालको शाखा कार्यालय धनगढी चौराह एभरेष्ट बैंकको नजिक रहेको छ ।