सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।