सुख्खा पहिरोका कारण श्रीभावर –हाट सडक खण्ड अवरुद्ध

सुख्खा पहिरोका कारण श्रीभावर –हाट सडक खण्ड अवरुद्ध

बैतडी । पहिरोका कारण बैतडीको श्रीभावर – हाट सडक खण्ड अवरुद्ध भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो ।

बुधबार राती पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । सडक सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले बताएको छ ।