भूकम्प पिडीतका लागि उचित ब्यवस्थ गर्न सांसद भट्टको आग्रह

भूकम्प पिडीतका लागि उचित ब्यवस्थ गर्न सांसद भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बसेको छ ।

सुदूरपश्चिम प्रदेश प्रदेश सभाको दोस्रो अधिवेशनको २८ औँ बैठकमा बोल्दै नेकपा एमालेका सांसद खगराज भट्टले दशै तिहार जस्तो पर्व हर्ष उल्लासका साथ मनाउनु पर्ने बेलामा सुदूरपश्चिम सहित देश शोकमा डुबेको अवगत गराए ।

उनले भने—“सुदूरपश्चिम लगायत हाम्रो देश शोकमा छ । इजरायलमा हमास समुहको आर्कमणमा परी ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दे घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु” ।

बझाङ लगायत सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा निरन्तररुपमा भूकम्पका पराकम्प आईरहेको अवस्थामा सरकारले भूकम्प पिडीतहरुका लागि प्रसस्त मात्रामा क्षतिपुर्ती दिन र तत्काल गास बास कपासको उचित ब्यवस्था गर्न सभामुख मार्फत उनले आग्रह गरे ।

यस्तै, गेटा मेडिकल कलेजलाई सहिद दशरथचंन्द राष्टिय स्वास्थ्य बिज्ञान बिश्व बिद्यालयलाई रुपान्तरण गर्न गरेको पहल प्रति उनले संघ सरकारलाई धन्यबाद दिए ।

ईजरायलमा रहेका सम्पुर्ण नेपालीहरुको तत्कालै उद्धार गरी स्वदेश फर्काउन माग उनले गरे । 

ईजरायलमा को हमालामा परी मृत्यु भएका मृतकका परिवारलाई संघ सरकारको तर्फबाट १० लाख र प्रदेश सरकारको तर्फबाट २ लाख दिने निर्णय भइसकेको छ ।