बर्खे अधिवेशन भएको कागजमा पुरा गर्न सदन चलेको होः खेमादबि बिष्टको आक्रोश

बर्खे अधिवेशन भएको कागजमा पुरा गर्न सदन चलेको होः खेमादबि बिष्टको आक्रोश

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बसेको छ ।

सुदूरपश्चिम प्रदेश प्रदेश सभाको दोस्रो अधिवेशनको २८ औँ बैठकमा बोल्दै प्रदेश सांसद खेमादेबि बिष्टले इजरायलमा हमासको हमलाका कारण मृत्यु भएका मृतक र बझाङ भूकम्पमा परी मृत्यु भएकालाई श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

उनले ईजरायल घटनामा ज्यान गुमाएकाहरुका परिवारलाई प्रदेश सरकारले दिने भनिएको २ लाख रकमले दुःखेको घाउमा मलम लगाउन नसकिने बतादै भनिन्—‘यो शाकमग्न बिषयलाई प्रदेश सरकाले गम्बीरता पुर्व सोच्नु पर्दछ । अगामी दिनमा सुदूरपश्चिमका होनहार युवाहरुलाई गुमाउन नपरोस् र युवाहरुलाई पलायन हुन नदिन स्वदेशमै स्वरोजगार बनाउन आवश्यक छ ।’ 

बर्खे अधिवेशन भएको कागजमा पुरा गर्न सदन चलेको हो नत्र यो सधन चल्ने थिएन भन्दै उनले आक्रोश ब्यक्त गरिन् । 

यस्तै, बर्खे अबिधेशनको अन्तिम चरणमा सांसद बिष्टले प्रदेश सरकारलाई प्रश्न गरेकी छिन् । किन अहिलेसम्म प्रदेश सरकारले अहिले सम्म बिजनेश निद सकेन ?, सरकारले किन यो सधनलाई बेवारिसे अवस्थामा राखेको छ ?, किन सरकार पछि पछि हटेको र भनगिरहेको छ यो सरकारको दायित्व होकी होईन ?, लगायतका उनले प्रश्न गरे ।

उनले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढितोला,मुडिभावर, चलानीगडा, भ्यागुतेपानी र दोगडाका धेरै बस्तीहरु पहिरोबाट पिडीत भएको जानकारी गराईएपनि पिडीतलाई क्षतिपुर्ती उपलब्द भएको छैन । पिडीतलाई उचित स्थानमा ब्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् ।

बझाङमा भूकम्पका कारण क्षति भएका संरचना लाई पुनः निर्मामा खटिन पनि प्रदेश सरकारलाई उनले आग्रह गरिन् । पिडीतहरुका लागि बस्ने ब्यवस्था गरी यो चाडपर्वको बेलामा उनीहरुको गास र बासको ब्यवस्थ गर्न पनि आग्रह गरिन् ।