म सरकारबाट जवाफ माग्न आएको हुँः सांसद ताराप्रसाद जोशी

म सरकारबाट जवाफ माग्न आएको हुँः सांसद ताराप्रसाद जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बसेको छ ।

सुदूरपश्चिम प्रदेश प्रदेश सभाको दोस्रो अधिवेशनको २८ औँ बैठकमा बोल्दै सांसद तराप्रसाद जोशीले सुदूरपश्चिम सहित देश नै शोकमग्न भएको अवगत गराउदै देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार मौन बसेको आरोप लगाएका छन् ।

सदनमा बोल्दै उनले भने,—‘म यहाँ सरकारबाट जवाफ माग्न आएको हुँ, हाम्रो सरकारले हामी यो काम गर्देछौ भनेर मलाई जवाफ के दिन सक्छ ?, प्रदेश सरकाले जनताको हितका लागि काम गर्न, जनातको बिस्वास जिताउनका लागि यो सरकारले यो काम गर्दे छ भनेर मलाई के उत्तर दिन्छ यो सरकारले र म के जवाफ पाउँछु ।’ 

उनले बेरोजगारी र गरिबी बढिरहेको अहिलेको अवस्थामा सुदूरपश्चिम सरकारले २ बर्ष पछि पनि संख्या तोकेर रोजगारी दिन्छु भन्ने अवस्थामा समेत नरहेको बताए ।