भाटभटेनी स्टोरको दशै, तिहार अफरः १० देखि ४१ प्रतिशतसम्म छुट

भाटभटेनी स्टोरको दशै, तिहार अफरः १० देखि ४१ प्रतिशतसम्म छुट

धनगढी । भाटभटेनी स्टोरले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिस्काउण्ट अफर ल्याएको छ । भाटभटेनी स्टोरको कुनैपनी २६ ओटा स्टोरबाट समान खरिद गर्दा ग्राहकले १० देखि ४१ प्रतिशतसम्म छुट पाउने भाटभटेनीले जनाएको छ । 

त्यस्तै भाटभटेनीको सबै स्टोरबाट २ हजार ५ सय रुपैयाको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिने र कार जित्ने अवसर समेत प्राप्त गर्न सकिने जनाइएको छ । 

यसैगरी, खाद्यान्न लगायत भाडाकुडामा बिशेष सहुलियतका साथै लत्ताकपडामा र जुत्तामा फ्ल्याट १०५ छुटको ब्यबस्था रहेको भाटभटेनी स्टोरले जानकारी दिएको छ ।

यसैगरी ब्राण्डेड समानको खरिदमा १५५ फ्ल्याट छुटका साथै इलेक्ट्रोनिक समानमा होल डेलिभरी सहित ४०५ सम्म छुटको ब्यबस्था रहेको भाटभटेनीले जनाएको छ । 

यसैगरी हिमालयन, एनआइसी एसिया, एनआइएमबी र प्रभु बैंकको कार्ड अथवा स्क्यानबाट ग्राहकले पैसा तिर्दा थप ५ प्रतिशत छुट पाउने भाटभटेनीले जानकारी दिएको छ ।