चिसो कपालमा तेल लगाउनु कति सही हो ?

चिसो कपालमा तेल लगाउनु कति सही हो ?

एजेन्सी । कपालको रेखदेख गर्नका लागि हामी हप्तामा एक वा दुईपटक तेलको प्रयोग गर्ने गर्छौं । त्यहीँ केही महिलाहरू हतारमा चिसो कपालमा तेल लगाउने गर्छन् । के यसो गर्नु सही हो ?आउनुहोस् जानौं यस बारेमा–

यस्तो मानिन्छ कि, धेरै चिसो कपालमा तेल लगाउनु सही हुँदैन । यसो गर्नाले कपालका जराहरू कमजोर हुन सक्छन् । चिसो कपालमा तेल लगाउँदा तेल पानीसँग मिसिन्छ । यस्तोमा कपाल कमजोर हुन थाल्छन् र कपाल झर्ने समस्या पनि हुन सक्छ ।

यदि, तपाईं चिसो कपालमा तेल लगाउनुहुन्छ भने यस्तो गर्न तुरुन्त बन्द गर्नुहोस् । यसले कपालमा चायाँको समस्या पनि बढाउन सक्छ । कपाल धोएपछि तुरुन्तै तेल लगाउँदा कपालबाट दुर्गन्ध पनि आउन सुरु हुन्छ । त्यसैले, यस्तो दैनिक रूपमा गर्दा यो समस्या बढ्दै जान्छ ।

चिसो कपालमा तेल लगाउँदा रौंहरू एउटै ठाउँमा टाँसिन्छन् । त्यस्तै, घरबाट बाहिर निस्किँदा पनि त्यसमा धूलो तथा माटो टाँसिन्छ । सधैं नुहाउनुभन्दा ३० मिनेट अगाडि वा अघिल्लो रात तेल लगाएर मालिस गर्न सक्नुहुन्छ । त्यसपछि जुन दिन कपाल नुहाउनुहुन्छ त्यस दिन तेलको प्रयोग नगर्नुहोस् ।

कपालमा तेल लगाउने समय विशेषगरी रातमा राम्रो मानिन्छ । यसले कपाललाई सही पोषण पाउँछ र स्वस्थ बनिरहन्छ ।