६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ ।

गएको हप्ता मात्रै अफगानिस्तानमा  ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

भूकम्पका कारण अफगानिस्तानको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावितका बसोबास र उपचार सेवालाई लिएर चिन्ता व्यक्त गरेको छ । भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।