इजरायलमा ज्यान गुमाएका १० विद्यार्थीमध्ये पाँचजनाको शव फेला

इजरायलमा ज्यान गुमाएका १० विद्यार्थीमध्ये पाँचजनाको शव फेला

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० विद्यार्थीमध्ये पाँचजनाको शव फेला परेको छ । 

पाँचजनाको शव प्राप्त भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो । अघिल्लो शनिबार ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो । 

बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । 

शव ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।